Pages

गुरुवार, 4 मार्च 2010

तिम्रो सिउँदो भर्न नसक्नु

तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।


सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।



म त आफ्नै जिवनसँग, पटक-पटक हारेको छु ;

तिम्रो खुसीको निम्ती कयौं, इच्छाहरु मारेको छु



विश्वास माथि घात गर्यौ, यो त अशुल होईन प्रिय ।

तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।



पर्राईको हात समाई, पाईला तिमीले सारेपछि ;

एउटै आधार-तिमीले पनि, मेरो माया मारेपछि



सबैको निम्ती काँडा भाछु, कोमल फुल होईन प्रिय ।

तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।।



लाग्छ आफ्नै नयनबाट, आफै ओझेल हुँदैछु म

अतितका ती पल सम्झी एकान्तमा रुँदैछु म ;



आँशु हुन् सब बगिरहेका, पानीको मुल होईन प्रिय ।

तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय



तिम्रो सिउँदो भर्न नसक्नु, मेरो भूल होईन प्रिय ।

सक्छौ जति जित्नु तिमी, हार कबुल होईन प्रिय ।


रामकुमार निर्दोषी

1 टिप्पणी:

ramkaja ने कहा…

fdslajhlkerjt kljherier gerogjrgfer gergje;ggvfdshgtrghfdhgfhf