Pages

गुरुवार, 4 मार्च 2010

सुख कति दिन रहन्छ

सुख कति दिन रहन्छ ! खाली जिन्दगीमा ।


दु:ख त आफन्त भैसक्यो जाली जिन्दगीमा ।



हरियाली कुन जन्तुको नाम हो थाहा छैन,

बिनापानीको भत्कियो आली जिन्दगीमा ।



हन्डरै हन्डर खाएर जीवन नै खाक भैसक्यो,

बगैँचा नै बिरान भो के गर्छ माली जिन्दगीमा ।



जीवनको कस्तो दोसाँधमा आज फँसिएछ

फेरि किन याद आउँछे काली जिन्दगीमा ।



खुसी एउटा रमाइलो परीकथा बन्न सक्छ

दु:खको महाकाव्य नै पस्कियो थाली जिन्दगीमा ।


रामकुमार निर्दोषी

कोई टिप्पणी नहीं: