Pages

शुक्रवार, 26 फ़रवरी 2010

matra good

औशीको अन्धकारमय रात होईन मलाई
पुर्णिमाको जुनेली रात भए पुग्छ !

जलकुम्भी र कमलफूलको डाठ होईन मलाई
मखमली र सयपत्री फूलहरुका पात भए पुग्छ !

सजावटी सौगातहरु होईन मलाई
तिम्रा ती कोमल खाली हात भए पुग्छ !

मन्द मन्द मुस्कान मात्र होईन मलाई
जुनी जुनी सम्म तिमी मेरो साथ भए पुग्छ !

कोई टिप्पणी नहीं: