Pages

गुरुवार, 25 फ़रवरी 2010

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु
बेर्थै तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु

कोई टिप्पणी नहीं: