Pages

गुरुवार, 4 मार्च 2010

पीडाहरू

पीडाहरू पोखी सधैं कति भरौं पाना


आँखाबाट बगाउँदै मोतीका यी दाना



बर्षा याममा फेरि पनि पानी चुहिरह्यो

कैले टालिएलान् कठै चुहिएका छाना



सपनीमा-विपनीमा बोकी हिंडेको छु

गाँस, बास, कपासका चाह साना‍-साना



हत्या-हिंसा घरमा पसी सिन्दूर खोसेपछि

बिचल्ली भो टार्नलाई दुई छाकको माना



सधैं नयाँ नाना माग्ने नानी रुँदै भन्छे

बाबा! आँखा खोली देऊ चाहिंदैन नाना



भयरहित भैसके कि! गाउँहरू सबै

सदरमुकाम सरी सके गाउँका सबै थाना

कोई टिप्पणी नहीं: