सुन्नमा पाएको छु तिम्रो नाम यताउती आजभोलि
यसै सहरमा छ रे भन्छन तिम्रो सवारी आजभोलि
तिमीलाई सम्झंदा हरे आफैसंग पनि शरम लाग्दछ
हेरन के भएको लेख्छुच्यात्छु मायाका चिठ्ठी आजभोलि
शहर छ ठुलो मान्छे छन् हजारौं भेटीने त्यसै हो होइन
कहीं निस्कंदा नजर जिज्ञासु इरादा जासूसी आजभोलि
जो देखूं जता हेरूं तिमी लाग्छ पागल पो भएँ कि म
हर कोहीसंग यत्ति मिल्छ की तिम्रो आकृति आजभोलि
मिलनको कल्पनाले रंगीन भएको छ मरे तुल्य जीबन
ताजै रहेछ यौबन बढेको छ फेरि ढुकढुकी आजभोलि
स्पर्समा तिम्रो मात थियो चुम्मनमा मोहनी पाउथें
भेटौंन कुनै साँझ मौसम पनि छ गुलाबी आजभोलि
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें